Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गाजाका ११ लाख मानिसलाई उत्तरी गाजा छाड्न इजरायली सेनाको निर्देशन

एजेन्सी । इजरायली डिफेन्स फोर्सले उत्तरी गाजाका ११ लाख मानिसलाई २४ घण्टाभित्र दक्षिणतर्फ जान भनेको छ ।

हमासविरुद्ध जवाफी कारबाही बढेको उल्लेख गर्दै आईडीएफले उनीहरूलाई दक्षिण गाजामा जान भनेको हो । पूरै गाजमा २० लाखभन्दा बढी मानिसको बसोबास रहेको छ ।

संयुक्त राष्ट्र संघले यति ठूलो संख्यामा दक्षिणी गाजा जान सहज नभएको बताएको छ । उनीहरू आक्रमणमा पर्न सक्नेसमेत राष्ट्र संघले जनाएको छ । राष्ट्र संघका अनुसार गाजामा ३ लाख ४० हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।

इजरायली सेनाले भने हमासविरुद्ध जमिनी आक्रमणलाई बढाउने चेतावनी दिएको छ । इजरायली सेनाका प्रवक्ता डानियल हगारीले ११ लाख मानिसलाई सार्न समय लाग्ने कुरा आफूहरूलाई राम्रोसँग थाहा भएको बताएका छन् ।

यसैबीच हमासले आफ्नो कब्जामा रहेका १३ जना सर्वसाधारण इजरायली सेनाको आक्रमणमा मारिएको जनाएको छ । मारिनेमा केही विदेशी नागरिकसमेत रहेको जनाए पनि विस्तृत जानकारी भने सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077