Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जबरजस्ती करणी आरोपमा मिनीट्रकका चालक पक्राउ

बैतडी । किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा मिनीट्रकका चालक पक्राउ परेका छन् ।

प्रहरीले से १ ख १९७९ नम्बरको मिनीट्रकका चालक मेलौली नगरपालिका–७ का महेश ओझालाई शुक्रबार पक्राउ गरेको हो ।

चाकल ओझामाथि सोही मिनी ट्रकमा सवार रहेकी किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । ट्रकसहित चालक ओझालाई हिरापुरबाट पक्राउ गरिएको बैतडी प्रहरीले जनाएको छ ।

पीडित किशोरी अत्तरियाबाट बैतडी आउन मिनीट्रकमा बसेकी थिइन् ।

बिहीबार राति बुडरमा बस्ने क्रममा मिनीट्रकमा आफूमाथि चालक ओझाले जबरजस्ती करणी गरेको किशोरीले प्रहरीलाई जानकारी गराएपछि नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077