Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कोशीमा कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न कांग्रेस–एमाले सांसदको दबाब

विराटनगर । कोशी प्रदेश प्रमुखलाई दबाब दिन केदार कार्की पक्षका कांग्रेस सांसद र एमालेका गरी ४८ सांसदहरू प्रमुखको कार्यालय पुगेका छन् ।

कार्कीलाई कोशीको मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै कांग्रेस र एमालेका सांसदहरू प्रदेश प्रमुख परशुराम खापुङ्गको कार्यालयमा पुगेका हुन्।

४७ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरेकाले कार्कीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नुपर्ने उनीहरूको माग छ।

खापुङले शुक्रबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए। सोही आह्वानअनुसार कांग्रेसको संस्थापन पक्षले माअ‍ोवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा सहयोग गर्ने बताएसँगै असन्तुष्ट बनेका सांसदहरुले एमालेसँग मिलेका हुन्।

दुवै समूहले बिहीबारै उम्मेदवारी दर्ता गराएको छ। गठबन्धनले समेत कोशीमा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री नियुक्त गर्न दावी गरेपछि प्रदेश प्रमुख अलमलमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077