Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

शेखर अनुपस्थित भएपछि कांग्रेस कार्यसम्पादन समिति बैठक निष्कर्षविहीन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक निष्कर्षविहीन भएको छ ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेता शेखर कोइराला नै अनुपस्थित रहेपछि बैठक निष्कर्षविहीन भएको हो ।

सभापति देउवाले शुक्रबार अपराह्न ३ बजेका लागि धुम्बाराहीमा बैठक राखे पनि ढिलो गरी बैठक सुरू भएको थियो। बैठकमा कार्यसम्पादन समिति सदस्य कोइराला अनुपस्थित रहेका थिए।

कोशी प्रदेशमा सत्ता गठबन्धनबाट माओवादीका इन्द्र आङ्बो र नेपाली कांग्रेसका ८ सांसदसहित एमालेका सांसदको समर्थनमा कांग्रेसका केदार कार्कीले मुख्यमन्त्री दाबी गरेका छन्।

कांग्रेसले कोशी घटनाबारे छलफल गर्न आकस्मिक रूपमा कार्यसम्पादन समिति बैठक बोलाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077