Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेसलाई एकतावद्ध बनाउन नसके स्वर्गीय महान नेताहरूको आत्माले शान्ति पाउँदैन : आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणाले अहिलेको अवस्थामा नेपाली कांग्रेसलाई सबै मिलेर एकतावद्ध बनाएर लैजान नसके एतिहासले सराप्ने बताएकी छिन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ राणाले यस्तो बताएकी हुन् । उनले नेपाली काँग्रेसलाई एकतावद्ध बनाएर लैजान नसके अहिलेको पुस्तालाई गाली स्वर्गीय महान नेताहरूको आत्माले शान्ति नपाउने बताइन् ।

नेपाली कांग्रेस पार्टीका अग्रज नेताहरुले बोल्नसम्म नसक्ने अफ्ठ्यारो अवस्थाबाट लोकतान्त्रिक गणतन्त्रसम्म ल्याएको भन्दै विगतको विरासतलाई अहिलेका नेताहरुले कायम राख्न सक्नुपर्ने उनको भनाई छ ।

यस्तै उनले फेसबुक स्टाट्स हेरेर निर्णय गर्ने जमात बढेको भन्दै आक्रोश पोखेकी छन् । समयको चक्र घुमिरहेको भन्दै फेसबुक स्टाटस हेरेर निर्णय गर्नुभन्दा पहिले इतिहास हेर्नुपर्ने उनी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077