Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बहुमूल्य सामान देखाएर प्रलोभनमा पारेर ठगी गर्ने ६ जना पक्राउ

काठमाडौं । प्रहरीले बहुमूल्य सामान देखाएर विभिन्न प्रलोभनमा पारेर ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई काठमाडौंको कागेश्वरीबाट पक्राउ गरेको हो ।

उक्राउ पर्नेमा झापाका अनिल गदाइली, ललितपुरका रमेश नापित, मकवानपुरका सत्यनारायण कपाली, काभ्रेपलाञ्चोकका विकास श्रेष्ठ, ओखलढुंगाका लालबहादुर सुनुवार र मकवानपुरकै मुरली न्यौपाने रहेका छन् ।

गदाईलीको साथबाट प्राचीन पुरातात्विक सामान अन्दाजी दुई करोड मूल्यमा खरिद बिक्री गर्ने भनी बाहाना बनाई झुक्याएर ठगी गर्ने व्यक्तिको साथबाट त्रिभुजआकारको अटोफायर र क्रिष्टल माला बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077