Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काँकडभिट्टा नाकाबाट भारत गएका चिनियाँ नागरिक पक्राउ, भेटियो नेपाली नागरिकता

झापा । नेपाली नागरिकतासहित भारत प्रवेश गरेका चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ । नेपाल भारतको सीमा नाका काँकडभिट्टा हुँदै भारतको पानीटंकी बजार पुगेका चिनियाँ नागरिक ली शियाकाङ पक्राउ परेका हुन् ।

यस्तै उनलाई सहयोग गरेको आरोपमा सञ्जीव सुयाल र चित्र गुप्ता अधिकारीलाई पनि भारतीय एसएसबीले पक्राउ गरेको छ । उनीहरू गाडी चढेर शुक्रबार दिउँसो भारत गएका थिए ।

सीमामा तैनाथ एसएसबी ४१औँ बटालियनका टोलीले आवश्यक कागजपत्र माग्दा चिनिया नागरिक शियाकाङले नेपाली नागरिकताको फोटो कपी देखाएका थिए ।

तर उनले कसको नागरिकताको फोटोकपी देखाएको भन्ने कुरा खुलेको छैन । प्रहरीले तीनै जनालाई सिलिगुडी अदालतमा पेस गरेको छ । घटनाबारे भारतीय प्रहरीले थप अनुसन्धान थालेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077