काठमाडौं । कोशी प्रदेशमा प्रदेश प्रमुख परशुराम खार्पुङले आज मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदको सनाखत गर्ने भएका छन् ।
शुक्रबार नेपाली कांग्रेसका केदार कार्की नेपाली कांग्रेसका केदार कार्की नेकपा एमालेका ३९ र कांग्रेसका ८ सांसदसहित ४७ जनाको समर्थन जुटाएर मुख्यमन्त्रीमा दाबी गर्दै प्रदेश प्रमुखकहाँ पुगेका थिए।
तर प्रदेश प्रमुख खापुङले दुवै पक्षका समर्थक सांसदको सनाखत गरेर मात्रै मुख्यमन्त्री नियुक्त गर्ने निर्णय गरेका हुन् । मुख्यमन्त्रीमा समर्थन गरेका दुवै पक्षका सांसदहरू आज प्रदेश प्रमुखको कार्यालयमा उपस्थित हुनु पर्नेछ ।
सनाखत प्रयोजनका लागि सांसदहरूलाई आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म उपस्थित हुन भनिएको छ । गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय गरे पनि शेखर कोइराला पक्षले उक्त निर्णय नमानी केदार कार्कीलाई मुख्यमन्त्रीमा अघि सारेको थियो ।
कोशीमा मुख्यमन्त्रीका लागि शनिबार कार्की र आङ्बोले दाबी पेस गरेका छन् । कोशीमा बहुमत पुर्याउन ४७ सदस्य आवश्यक पर्छ ।