Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रूसी खाद्यान्न निर्यात उच्च रहने राष्ट्रपति पुटिनको दाबी

एजेन्सी । युक्रेनमा रूसको आक्रमणपछि पश्चिमी मुलुकहरूले रूसमाथि लगाएको प्रतिबन्धका बावजुद रूसले अर्को वर्ष पनि ठूलो परिमाणमा खाद्यान्न निर्यात जारी राख्ने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।

“गत वर्ष ऐतिहासिक रूपमा १५ करोड ८० लाख टन खाद्यान्नको निर्यात भएको थियो। यो वर्ष पनि १३ करोड टनभन्दा बढी खाद्यान्न निर्यात हुनेछ,” पुटिनले भने, “रूसले गहुँ निर्यातमा विश्वमा पहिलो स्थान कायम राख्ने सम्भावना छ । हाम्रो खाद्यान्न निर्यात पनि गत वर्षको जस्तै ५–६ करोड टनभन्दा कम हुने छैन ।”

पुटिन सोभियत सङ्घपछिका केही राज्यहरूलाई भेला गर्ने संस्था ‘कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स (सीआईएस)’को बैठकमा भाग लिएका थिए । जहाँ पुटिनले भने, “सीआईएसमा हाम्रा मित्र र सहकर्मीहरूलाई जति रूसी अनाज आवश्यकता छ, सबै पूरा हुनेछ ।”

सेप्टेम्बरको सुरुमा रूसी नेताले आफ्नो देश ६ वटा अफ्रिकी मुलुकलाई निःशुल्क खाद्यान्न उपलब्ध गराउने सम्झौताको नजिक पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077