Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • रुम्झाटारबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना

    रुम्झाटारबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना

    अनलाइन नेपाल
  • शनिबार, २७ असोज २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे उडेको एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको हो ।

    मनाङ एयरका अनुसार हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७ः१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा पाइलट मात्रै रहेको उनी सुरक्षित रहेको बताइएको छ ।



    पाइलटलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएको छ । उनलाई अहिले ह्याम्स हस्पिटल ल्याइने भएको छ ।



    अवतरणका क्रममा हेलिकप्टर दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । दुर्घटनापछि हेलिकोप्टरमा आगो लागेको एक भिडियोमा देखिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार