Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • मनाङ एयर दुर्घटना : क्याप्टेन सेढाईँको अवस्था गम्भीर, थप उपचार भारतमा हुने

    मनाङ एयर दुर्घटना : क्याप्टेन सेढाईँको अवस्था गम्भीर, थप उपचार भारतमा हुने

    अनलाइन नेपाल
  • शनिबार, २७ असोज २०८०
  • 843
    SHARES

    काठमाडौं । सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट प्रकाशकुमार सेढाईँको अवस्था गम्भीर रहेको छ ।

    ह्याम्स अस्पतालका अनुसार उनको अवस्था गम्भीर रहेको र परिवार तथा एअलाइन्ससँगको सल्लाहमा थप उपचारको लागि आजै भारतको मुम्बई लैजाने तयारी भएको हो ।



    पाइलट सेढाईँको मुखको भाग र हातखुट्टा लगायत शरिरको ४५ देखि ५० प्रतिशतसम्म भाग जलेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै उनको फोक्सो, मेरुदण्डको हड्डी र मृगौलामा पनि समस्या रहेको छ ।



    बिहान सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा दुर्घटना भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार