Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • हेलिकोप्टर दुर्घटना : घाइते भएका मनाङ एयरका क्याप्टेन सेढाईंको निधन

    हेलिकोप्टर दुर्घटना : घाइते भएका मनाङ एयरका क्याप्टेन सेढाईंको निधन

    अनलाइन नेपाल
  • बुधबार, ८ कार्तिक २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । सोलुखुम्बुमा भएको हेलिकोप्टर दुर्घटना घाइते भएका मनाङ एयरका पाइलट क्याप्टेन प्रकाश सेढाईंको निधन भएको छ ।

    क्याप्टेन सेढाईंले चलाएको हेलिकोप्टर गएको असोज २७ गते शनिबार सोलुखुम्बुमा दुर्घटना भएको थियो । दुर्घटनामा परी पाइलट सेढाईं गम्भीर घाइते भएका थिए ।



    उनलाई तत्काल उपचारका लागि काठमाडौंको ह्याप्स हस्पताल लगिएको थियो। तर त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि मुम्बई लगिएको थियो।



    उनको भारतको नेसनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा सोमबार निधन भएको मनाङ एयरले विज्ञप्तिमार्फत् जनाएको छ ।

    हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन गएको मनाङ एयरको हेलिकप्टर असोज २७ गते शनिबार बिहान ७ बजेर १३ मिनेटमा दुर्घटनाग्रस्त भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार