Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोशीमा मध्यावधि रोक्न सांसदहरूले मलाई समर्थन गरे : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मध्यावधिमा जानबाट रोक्न आफू मुख्यमन्त्री बनेको बताएका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेपछि बोल्दै कार्कीले यस्तो बताएका हुन् ।

यसअघि गठबन्धनले पटकपटक प्रयास गर्दा पनि सरकार स्थिर बन्न नसकेको र मध्यावधिको बाटो देखिएकोले त्यसलाई रोक्न सांसदहरूले आफूलाई समर्थन गरेको मुख्यमन्त्री कार्कीले बताए ।

कुनै पार्टी समर्थनमा नभई संविधानको धार १६८ (५) को व्यवस्था अनुसार सांसदहरूको समर्थनमा आफू मुख्यमन्त्री भएको मुख्यमन्त्री कार्कीले बताए ।

उनले यसलाई संविधानवादमा विश्वास गर्ने सबै पार्टीले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरे । उनले अब आफूले संविधान र ऐनले दिएको मुख्यमन्त्रीको कामकारबाही गर्ने प्रतिबद्धता जनाए ।

मुख्यमन्त्री नियुक्त भएका कार्की नेपाली कांग्रेसबाट विद्रोह गरेका हुन् । कांग्रेस शेखर कोइराला समूहका ८ जनाले विद्रोह गरेर एमालेका सांसदको समेत समर्थन जुटाएर कार्कीको पक्षमा बुहुमत पुर्‍याएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077