Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आगामी निर्वाचनमा एउटै चुनाव चिन्हमा लड्न पुराना दलहरुलाई रविको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलहरूलाई एउटै निर्वाचन चिन्हबाट गठबन्धन बनाएर चुनाव लड्न चुनौती दिएका छन् ।

गठबन्धनको सहमतिविपरित एमालेको समर्थनका कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेपछि सभापति लामिछानेले यस्तो टिप्पणी गरेका हुन् । सभापति लामिछानेले गत उपनिर्वाचनमा आफू र स्वणिम वाग्लेलाई हराउन ड्राफ्ट तयार भएको महागठबन्धनले आज सार्थकता पाएको टिप्पणी गरे।

सभापति लामिछानेले भने, ‘गत उप–निर्वाचनमा मलाई र डा. स्वर्णिम वाग्लेलाई हराउन ड्राफ्ट भएर एउटा मात्र हस्ताक्षर हुन बाँकी रहेको महागठबन्धनले आज कोशीमा सार्थकता पाएछ । राम्रो भो, अब केन्द्रमा पनि यस्तै सहकार्य होस्। र आगामी निर्वाचन सम्ममा सबै पुराना दल एक ठाँउमा बसेर यस्तै महागठवन्धन गरी, सकेसम्म चुनाव चिन्ह समेत एउटै हुने गरि महासहमति पनि गर्नु होला ।’

सभापति लामिछानेले अब केन्द्रमा पनि यस्तै सहकार्य गर्दै आगामी निर्वाचन सम्ममा सबै पुराना दल एक ठाँउमा बसेर यस्तै महागठवन्धन गरी सकेसम्म चुनाव चिन्ह समेत एउटै हुने लाग्न चुनौती दिए ।

उनले आगामी निर्वाचनसम्म पनि पुराना दलहरू सबै एकै ठाउँमा बसेर महागठबन्धन बनाउन सुझाव दिएका छन्। महासहमति नै गरेर सकेसम्म एउटै चुनाव चिन्हमा निर्वाचन लड्न उनको सुझाव छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077