Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

योनीभित्र ड्रग्स लुकाई तस्करी गर्ने युवती प्रहरी फन्दामा

कैलाली । कैलालीमा गुप्तांगभित्र लागुऔषध खैरो हेरोइन ल्याइरहेको अवस्थामा एक युवती पक्राउ परेकी छन् ।

लागुऔषध अनुसन्धान ब्यूरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले शुक्रबार त्रिनगर भन्सार नाकाबाट उनलाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा धनगढी उपमहानगरपालिका-१ पशुपतिटोल बस्ने २० वर्षीया अनुष्कासिंह ठकुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनले योनीभित्र लुकाएको अवस्थामा एक ग्राम खैरो हेरोइन बरामद गरिएको छ ।​

त्रिनगर नाकामा रहेको हेल्थ डेस्ककी महिला स्वास्थ्यकर्मी र प्रहरीले उनको योनिबाट लागुऔषध निकालेको प्रहरीले जनाएको छ । ठकुरीलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077