Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्की काठमाडौँमा, सिधै गए शेखर निवास

काठमाडौं । नियुक्त भएको चार घण्टा नपुग्दै कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की काठमाडौँ आइपुगेका छन् । आज बिहान १० बजेपछि मुख्यमन्त्रीमा नियुक्त भएका कार्की दिउँसो २ बजे जहाजमार्फत काठमाडौँ आएका हुन् ।

उनले आज काठमाडौँमा कांग्रेसका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन् । काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण भएपछि उनी कांग्रेस नेता शेखर कोइरालाको निवासमा पुगेका छन् ।

आफूपक्षीय नेता शेखर कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गठबन्धनलाई कायम राख्ने सहमति गरेसँगै कार्की शपथ लिनुअघि नै काठमाडौँ आएका हुन् ।

मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिँदैछन् । एमालेका ३९ सांसद र कांग्रेसका ८ सांसदको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077