Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब विवाह गर्न वडाबाट अनुमति

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाभित्र विवाह गर्दा सम्बन्धित वडाबाट अनुमति लिनुपर्ने भएको छ ।

बालविवाह न्यूनीकरणका लागि पालिकाले वडा कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरेको हो ।

आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले आगामी मंसिर १ गतेदेखि अनुमति लिएर मात्रै विवाह गर्न दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

अब विवाह हुनुभन्दा अघि वडा कार्यालयमा पुगी विवाह हुने महिला र पुरुष दुवैको विवाह गर्न योग्य उमेर प्रमाणित गरेपछि अनुमति पाइने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077