Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

समाजवादी जागरण अभियान सफल भयो : माधव नेपाल

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी जागरण अभियान सफल भएको बताएका छन्।

शनिबार धनगढीमा समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले मेचीबाट सुरु भएको अभियान महाकालीसम्म सफलरूपमा सम्पन्न भएको बताएका हुन्।

समाजवादी जागरण अभियानका क्रममा विभिन्न पार्टी परित्याग गरी हजारौँको संख्यामा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका नौजवान युवाले आफूलाई उत्साहित बनाएको उनको भनाइ थियो।

उनले समाजवादी जागरण रोजगारी, सुशासन र समृद्धिको विषयलाई केन्द्रविन्दुमा राखेर अगाडि बढाएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077