Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोशीका मुख्यमन्त्री कार्कीले गरे तीन सदस्यीय मन्त्रिपरिषद् गठन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।

मुख्यमन्त्री कार्कीले कांग्रेसका विद्रोही सांसदमध्ये इलामका शम्शेर राई र एमालेबाट दलका उपनेता रामबहादुर मगरलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

उनीहरूले अहिले केहीबेरमा पद तथा गोपनियताको शपथ लिन छन् । राई र मगर दुवैजना एउटै जिल्ला इलामबाट निर्वाचित प्रदेश सांसद हुन् ।

यसअघि उद्धव थापा नेतृत्वको सरकारमा एउटै जिल्लाबाट दुई जना मन्त्री भएर ओखलढुंगा भाग्यमानी साबित भएको थियो ।

कांग्रेसबाट विद्रोह गरेका ८ र एमलेका ३९ सहित ४७ प्रदेश सांसदको सनाखत गराएर प्रदेश प्रमुख खापुङले कार्कीलाई शनिबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077