Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोशीका मुख्यमन्त्री कार्कीसहित तीन जना मन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई एक विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

कार्कीसँगै नेकपा एमालेका रामबहादुर राना र नेपाली कांग्रेसका शमशेर राईले मन्त्रीको शपथ लिएका छन्।

राना एमाले कोशी संसदीय दलका उपनेता हुन्। दुवैजनाले विनाविभागीय मन्त्रीका रूपमा शपथ गराइएको हो ।

कांग्रेसका राईले कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।

एमालेका ३९ र कांग्रेस शेखर पक्षका ८ गरी ४७ सांसदको समर्थनबाट कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077