Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोशी प्रदेशमा सहमतिको सरकार बन्छ : मुख्यमन्त्री कार्की

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले अब केशी प्रदेशमा सहमतिको सरकार बन्ने बताएका छन्।

मुख्यमन्त्रीको शपथ लिएपछि बोल्दै मुख्यमन्त्री कार्कीले कोशीमा सहमतिको सरकार बन्ने दाबी गरेका हुन्।

मुख्यमन्त्री कार्कीले भने,‘कोशीमा मध्यावधिको सम्भावना टरेको छ। प्रदेश सभा विघटन नहुने भएको छ । अब सहमतिको सरकार बन्छ।’

मुख्यमन्त्री कार्कीले आइतबार नेपाली कांग्रेस र नेकपा एमालेबाट एक-एक जना मन्त्री नियुक्त गरेका छन्।

आफूलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका कांग्रेस सांसद शमशेर राई र नेकपा एमालेका सां‌सद रामबहादुर राना मगरलाई कार्कीले बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन्।

कार्कीले आफ्नो नेतृत्वमा सरकार बनेपछि प्रदेशमा देखिएको संकट पनि हल भएको प्रतिक्रिया दिएका छन्।

कांग्रेसका ८ जना र एमालेका ३९ जनाको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077