Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लैनचौर वृत्तका डीएसपी एक महिनामै फेरिदै

काठमाडौं । उपत्यकाको सर्वाधिक आकर्षणको पोष्टिङ रहेको प्रहरी वृत्त लैनचौरका डीएसपी एक महिनामै फेरिने भएका छन् ।

गत महिना मात्र वृत्तमा सरुवा भएका चर्तुभुज ओझाको स्थानमा प्रहरी प्रधान कार्यालयले नयाँ डीएसपीलाई खटाउने तयारी गरेको छ ।

डीएसपी ओझा राष्ट्रसंघीय शान्ति मिसनमा जाने भएपछि वृत्तको नेतृत्व फेरिन लागेको हो । डीएसपी ओझाले प्रतिस्पर्धाबाट प्रोफेलसल लेभल–३ मा यूएन मिसनमा नाम निकालेका छन् ।

उनी आगामी महिना मिसन जाने तयारीमा छन् । जसकारण एक साताभित्रै वृत्तमा नयाँ डीएसपी खटाउन लागिएको प्रहरी स्रोत बताउँछ ।

उता हालै मात्र वृत्तमा सरुवा भएका डीएसपीहरुको कार्यसम्पादन कमजोर देखिएको रिपोर्टिङ प्रहरी प्रधान कार्यालय पुगेको छ ।

खासगरी महाराजगञ्ज, बौद्ध, गौशला र नयाँ बानेश्वरका डीएसपीले राम्रो कमाण्ड गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077