Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन सरकारले कुनै ठोस कदम चाल्न सकेन : पूर्वअर्थमन्त्री पौडेल

बुटवल । एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन सरकारले कुनै ठोस कदम चाल्न नसकेको आरोप लगाएका छन् ।

प्रेस चौतारी रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको दसैंतिहार शुभकामना कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले देश असाधारण आर्थिक संकटको डिलमा पुगेको टिप्पणी गरे । सरकारले कर्मचारीलाई तलब खुवाउनसमेत आन्तरिक ऋण लिनुपर्ने अवस्थामा मुलुकको अर्थतन्त्र पुग्नुले देशको आर्थिक असाधारण अवस्थामा पुगेको पुष्टि भएको उनको दाबी छ ।

उनले मुलुकको अर्थतन्त्रको समस्या अपरेसन समाधान गर्नुपर्ने भए पनि गठबन्धन सरकार टालटुल पारेर समस्या टार्ने अर्थतन्त्रको बेथितिलाई बढाउने काममा लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077