Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले गरे पदभार ग्रहण

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पदभार ग्रहण गरेका छन् । उनले विराटनगरको रोडषेशस्थित मुख्यमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

उनले प्रदेश प्रमुखको कार्यालयमा आजै शपथग्रहण गरेका थिए । यस्तै कार्की नेतृत्वको मन्त्रीपरिषद्को बैठक पनि आजै बसेको छ ।

बैठकले सहिदप्रति श्रद्धाञ्जली, सरकारको प्रवक्तामा मन्त्री शम्शेर राईलाई तोक्ने निर्णय गरेको छ ।

यस्तै बैठकले प्रादेशिक सडक सुरक्षा प्रभावकारी बनाउने र राजश्व चुहावट रोक्ने निर्णय पनि गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077