Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनआरएनएको अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

एनआरएनए निर्वाचन समितिका अनुसार आइतबारसम्म महेश श्रेष्ठ, आर के शर्मा र बद्री केसीले उम्मेदवारी दर्ता गराएका हुन् । उनीहरुले पाँच पाँच/लाख रुपैयाँ मनोनयन शुल्क तिरेर उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

यसअघि ५ जनाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए । अझै दुई जनाले अध्यक्ष पदमा मनोनयन गर्न बाँकी छ ।  नेपाली समय अनुसार सोमबार दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । निर्वाचन समितिका अनुसार सबै पदहरूमा गरी हालसम्म ५ सय भन्दा बढीले मनोनयन दर्ता गराएका छन् ।

एनआरएनएको ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन असोज ३० देखि कात्तिक ३ गतेसम्म काठमाडौँमा हुँदैछ । कात्तिक २ गते २४ घण्टा अनलाइनबाट मतदान हुने निर्वाचन कार्यतालिका छ । महाधिवेशनबाट कुल ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077