Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय सहमतिको सरकार गठन गर्न आवश्यक छ : उपमहासचिव शर्मा

काभ्रे । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय सहमतिको सरकार गठन गर्न आवश्यक रहेको बताएका छन् ।

काभ्रेको धुलिखेलमा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै माओवादी बाग्मती इन्चार्जसमेत रहेका शर्माले यस्तो बताएका हुन् । उनले राष्ट्रिय सहमतिको सरकार गठनमा जोड दिए ।

अहिलेको निर्वाचन प्रणाली एवं राजनीतिक कोर्सभित्रबाट कुनै पनि पार्टीको एकल बहुमतको सम्भावना नरहेकाले राष्ट्रिय सहमति दलहरूका लागि आवश्यकता बन्दै गएको उनले बताए ।

अस्थिरता देश विकासको प्रमुख बाधक रहेको उनको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077