Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज र भोली ‘नीति मन्थन’ कार्यक्रम गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मूल दस्तावेज निर्माणका लागि सुझाव लिन आजदेखि दुई दिने ‘नीति मन्थन’ कार्यक्रम गर्ने भएको छ ।

प्रवक्ता मुकुल ढकालका अनुसार सोमबार र मंगलबार हुने नीति माथिको बहसका लागि सातवटा विषय छुट्याइएको छ । फरक फरक विषयका जानकारसँग पार्टीले विचार मन्थन गर्नेछ ।

पहिलो दिनमा पाँच र दोस्रो दिनका लागि दुई विषय गरी बहसका विषय छुट्याइएको छ ।

सात विषयमा शासकीय व्यवस्था र समाजको बदलिँदो चरित्र पहिलो सत्रका लागि छुट्याइएको हो। दोस्रो सत्रमा शिक्षा, नयाँ प्रविधि र युवा विषय रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077