Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इजरायली आक्रमणले गाजामा मानवीय संकट

एजेन्सी । इजरायली आक्रमणले प्यालेस्टाइनको गाजा क्षेत्रमा चरम मानवीय संकट उत्पन्न भएको छ ।

इन्धन अभावले उत्तरी गाजाका अस्पताल बन्द हुने अवस्थामा पुगेका छन् । एक साता लामो हवाई हमलापछि इजरायली सेनाले थालेको स्थल आक्रमणले गाजामा झनै संकट बढाएको छ ।

इजरायली सेनाको उर्दी अनुसार उत्तरी गाजाका ११ लाख जनतामध्ये ४ लाखभन्दा बढी पछिल्लो ४८ घण्टामा आफ्नो थातथलो छाडेर पलायन भएका छन् ।

इजरायली आक्रमणमा घाइते भएकाहरुले अस्पताल भरिदा उपचार गर्न कठिन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077