Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलमा सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

काठमाडौं । इजरायलमाथि हमासको आक्रमण भएसँगै बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात रहेको छ । गत शनिवारदेखि सम्पर्कविहीन बनेका जोशीको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।

इजरायलस्थित नेपाली दूतावासले उनको खोजी कार्य जारी रहेको जनाएको छ । उपलब्ध संयन्त्रको प्रयोग गरेर सम्पर्कविहीन जोशीको खोजी कार्य जारी रहेको दूतावासले जनाएको छ । गत शनिबार गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो ।

उक्त आक्रमणमा परी ४ जना घाइते भएका थिए । विपिनका साथीहरूका अनुसार हमास लडाकुहरूले आक्रमण गर्दा उनी बंकरमा नै थिए । उनले हमासका लडाकुले प्रहार गरेको एउटा ग्रिनेडलाई हातैले टिपेर बंकरबाहिर फालेर साथीहरूलाई बचाएका थिए ।

विपिनलाई हमास लडाकुहरूले थाइल्यान्डका नागरिकसँगै लगेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । त्यही आधारमा सरकारले हमाससँग सम्बन्ध भएका मुलुकहरूसँग विपिनको अवस्थाबारे बुझ्न कूटनीतिक पहल भइरहेको सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077