Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कात्तिक १ गते विश्वासको मत लिने कोशीका मुख्यमन्त्री कार्कीको तयारी

विराटनगर । असोज २० गते स्थगित भएको कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ ।

प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै कात्तिक १ गते बुधवार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दसैंअघि नै विश्वासको मत लिने तयारी गरेका छन्।

यसअघि असोज २० गते स्थगित भएको प्रदेश सभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ।

मुख्यमन्त्री कार्कीले हिजो शपथ लिएपछि तत्कालै विश्वासको मत लिने तयारी गरेका हुन्।

कांग्रेसबाट विद्रोह गरेर सविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई एमालेले समर्थन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077