Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आजबाट नयाँ नोट सटही सुरु, कहाँ जाने साट्न ?

    आजबाट नयाँ नोट सटही सुरु, कहाँ जाने साट्न ?

    अनलाइन नेपाल
  • सोमबार, २९ असोज २०८०
  • 804
    SHARES

    काठमाडौं । दशैं तिहारलगायत चाडबाडलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा दिन सुरु गरेको छ ।

    चाडबाडलाई लक्षित गरी राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सीमित शाखाहरुबाट मात्रै नोट सटही सुरु गरेको हो।



    काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखाहरुमा नयाँ नोट साट्न पाउने सुविधा छ ।



    यसअघि विकास बैंक र फाइनान्स कम्पनीबाट पनि नोट सटही हुने गरेको थियो। त्यसबाहेक बैंकका हरेक शाखाहरुबाट वितरण हुने गर्थ्यो ।

    यो वर्ष भने राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सीमित शाखाहरुबाट मात्रै नोट बाँड्ने व्यवस्था मिलाएको छ।

    राष्ट्र बैङ्कले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था छ ।

    एक जनालाई १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार