Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

२३ अंकले घट्यो सेयर बजार परिसूचक नेप्से

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा २३.५५ अंकले गिरावट आएको छ ।

सोमबार बजार परिसूचक नेप्से २३.५५ अंकले गिरावट हुँदा १८५१.०४ को विन्दुमा बन्द भएको हो।

सोमबार नेप्सेमा सबै उपसूचकमा गिरावट भएको छ । जीवन बीमा उपसूचक २.०९ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक २.०४ प्रतिशत र हाइड्रोपावर उपसूचकमा २.०२ प्रतिशतले गिरावट भएको छ ।

गत बिहीबार १ अर्ब ७० करोडको कारोबार भएको बजारमा सोमबार कारोबार रकम घटेर १ अर्ब २५ करोड ३३ लाखमा सीमित भएको छ । सोमबार नेप्सेमा कुल ६९ हजार ८३२ वटा कारोबारमा ४८ लाख ३७ हजार ८९३ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो।

सोमबार कारोबार भएकामध्ये प्रभु बैंकको संस्थापक सेयर सर्वाधिक ६ करोड २५ लाख रुपैयाँको कारोबार हुँदा हाथवे इन्भेष्टमेन्ट कम्पनीको छ करोड २७ लाख र सिटिजन्स लाइफ इन्स्योरेन्सको ३ करोड ६७ लाखको कारोबार भएको छ । सोमबार नेप्सेमा कुल २३६ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ ।

जसमध्ये २११ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा २२ कम्पनीको सेयर मूल्य बढेको छ । ३ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।

सोमबार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ७.८७ प्रतिशतले वृद्धि हुँदा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाइमूल्य ७.३१ प्रतिशत र सुपरमाई हाइड्रोपावरको सेयर मूल्य ४.०४ प्रतिशतले वृद्धि भएको छ । कालिञ्चोक दर्शनको सेयरमूलय ३.९७ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077