Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

देशभक्त तथा गणतन्त्रवादीलाई एकीकृत गरेर मात्रै समाजवादतर्फ जान सकिन्छ : देव गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सम्पूर्ण कम्युनिस्ट शक्ति, देशभक्त तथा गणतन्त्रवादीलाई एकीकृत गरेर मात्रै समाजवादतर्फ जान सकिने बताएका छन् ।

जनप्रगतिशील मञ्चद्वारा बेलायतस्थित अल्डरसर्टमा आयोजित वार्षिक भेटघाट तथा विभिन्न चाडपर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुरुङले यस्तो बताएका हुन् ।

‘समाजवादी लक्ष्य पूरा गर्नका लागि सम्पूर्ण कम्युनिस्टहरू, देशभक्त तथा गणतन्त्रवादीहरू मिल्नुको विकल्प छैन तर त्यसभन्दा पहिला मेचीदेखि महाकालीसम्मका समाजलाई एकताबद्ध गर्न जरुरी छ,’ महासचिव गुरुङले भने ।

यस्तै उनले प्रचण्डको नेतृत्वमा आफ्नो पार्टीले पहल नगरेको भए अहिले देश युक्रेन भइसक्ने दाबी गरे । समाजवाद स्थापना गर्नका लागि पार्टीले तीन महिने जनतासँग विशेष रुपान्तरण अभियान थालेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077