Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भोलि गैरआवासीय नेपाली नागरिकता वितरणको शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मंगलबारबाट गैरआवासीय नेपालीहरूलाई नागरिकता वितरणको शुभारम्भ गर्दैछन् ।

प्रधानमन्त्री दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा भोलि बिहान ७ बजे नागरिकता वितरण कार्यको शुभारम्भ गर्न लागेका हुन् ।

मंगलबारबाटै गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को ११औँ विश्व सम्मेलन काठमाडौंमा सुरु हुँदैछ ।

सोही दिन पारेर सरकारले नागरिकता वितरण सुरु गर्न लागेको गर्ने प्रधानमन्त्रीको सचिावलयले जनाएको छ । यस्तै कत्तिक २ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ।

पहिलोपटक ‘फेसियल भेरिफिकेशन’ मार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका चार हजार दुई सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077