काठमाडौं । सरकारले इजरायलबाट स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई उद्धार गरेको छ।
सरकारले भारतीय विमानमार्फत् इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो। परराष्ट्रमन्त्री एनपी साउदले इजरायलको तेल अविवबाट भारतको उद्धार विमानमार्फत १९ नेपालीको उद्धार गरिएको बताए ।
मन्त्रालयले स्थानीय समय अनुसार तेल अविवबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् १९ नेपाली नागरिक आउने जनाएको छ।
यसअघि नेपाल सरकारले काठमाडौंबाट नेपाल एयरलाइन्सको जहाज पठाएर २५४ नेपालीहरुलाई स्वदेश ल्याएको थियो । स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित दूतावासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने छ ।
यी हुन् उद्धार गरिएका नेपाली नागरिकहरु
१. नन्दसिंह भुल
२. सुजेन्द्र खड्का
३. प्रतिभा रौनियार
४. अनुमा डंगोल
५. हिना खाँण
६. आतिस गुरुङ
७. जुनु गुरुङ
८. मौसमी पाख्रिन
९. प्रतिमा तिम्सिना
१०. राजकुमार मानन्धर
११. संगीता दुलाल
१२. उर्मिला रावल
१३. ममता थापा
१४. दिलकुमारी अधिकारी कार्की
१५. निश्चल श्रेष्ठ
१६. समिता बस्नेत
१७. अम्बिका सुवेदी
१८. सरिता गुरुङ
१९. उर्मिला श्रेष्ठ