Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • २ महिनामा भित्रियो २ खर्ब २८ अर्ब भन्दा बढी रेमिट्यान्स

    २ महिनामा भित्रियो २ खर्ब २८ अर्ब भन्दा बढी रेमिट्यान्स

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 660
    SHARES

    काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ भन्दा बढी रेमिट्यान्स भित्रिएको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको तुलनामा आर्थिक वर्षको साउन र भदौमा रेमिट्यान्स आयात २२.१ प्रतिशतले वृद्धि हुँदै २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ पुगेको हो ।



    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको थियो ।



    अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढेर १ अर्ब ७३ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भने भारी गिरावट आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार