Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

त्रिभुवन विमानस्थलबाट एकै दिन ११४ अन्तर्राष्ट्रिय उडान

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एकै दिन अहिलेसम्मकै धेरै उडान र धेरै यात्रुले हवाई यात्रा गरेका छन्।

विमानस्थले दिएको जानकारी अनुसार सोमबार एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै ११४ उडान भएको हो।

जुन एक दिनको उडान डाटाअनुसार अहिलेसम्मकै सर्वाधिक हो। ११४ उडानमार्फत १६ हजार ५०९ जनाले हवाई यात्रा गरेका छन्।

एकै दिन यति धेरै संख्यामा हवाई यात्रा गरेको रेकर्ड पनि अहिलेसम्मकै उच्च रहेको विमानस्थले जनाएको छ।

नेपालीहरुको महान पर्व दशैंको चहलपहल बढेपछि अहिले टीआईए व्यस्त रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077