Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • निकिता पौडेल जोडिएको सहकारी ठगीमा सीआईबीद्वारा गुपचुप मुद्दा दायर

    निकिता पौडेल जोडिएको सहकारी ठगीमा सीआईबीद्वारा गुपचुप मुद्दा दायर

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 2.2K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेकी श्रीमती निकिता पौडेल समेत मुछिएको सहकारी ठगीको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले गुपचुप रुपमा अनुसन्धान गरी मुद्दा अदालत पुर्‍याएको छ ।

    काठमाडौं–३ बाँसबारीस्थित साई स्वागत बचत तथा ऋण सहकारी ठगीको उजुरीमा दुई जनाविरुद्ध मात्र मुद्दा दायर भएको छ । सो सहकारीमा निकिता उपाध्यक्ष थिइन् । धेरै सञ्चालकलाई उन्मुक्ति दिएर मुद्दा दायर गरिएको पीडित सदस्यहरुको भनाई छ ।



    सहकारीका सचिव शंकर उपाध्याय दाहाल र सदस्य रामहरी अधिकारीलाई प्रतिवादी बनाएर गत साता जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको हो । जसमा अधिकारीलाई मात्र सीआईबीले पक्राउ गरेको थियो ।



    कम्पनीकै व्यवस्थापन दिलबहादुर बस्नेतलाई उजुरी हाल्न लगाएर यो घटनाको अनुसन्धान गरिएको थियो । जबकी सहकारीका सञ्चालक तथा व्यवस्थापककै मिलेमतोमा सहकारीमा सर्वसाधरणको पैसा हिनामिना भएको थियो । दुई सञ्चालकलाई मात्र गल्ती देखाएर अन्यलाई उन्मुक्ति दिइएको छ ।

    पीडितहरुले उजुरी दिन थालेपछि निकिताले उपाध्यक्षबाट राजीनामा दिएकी थिइन् । दुई सञ्चालकविरुद्ध दुई करोड २२ लाख १३ हजार बिगो कायम गरी मुद्दा दायर गरिएको छ । बिना धितो कर्जा दिएर सञ्चालकले सहकारी डुबाएका हुन् ।

    पक्राउ परेका अधिकारीले सहकारीका अध्यक्ष भरत जंगमकै निर्देशनमा बिना धितो कर्जा दिएको बयान दिएका थिए । तर जंगमलाई पनि सीआईबीले प्रतिवादी बनाएन । निकिता चार वर्षसम्म सो सहकारीको उपाध्यक्ष थिइन् ।

    २८ पुस २०७५ देखि ११ मंसिर २०७९ सम्म उनी उपाध्यक्ष थिइन् । यही अवधिमा सहकारीमा हिनामिना भएको थियो । नियम मिचेर विभिन्न व्यक्तिलाई कर्जा दिदा संस्था समस्यामा परेको थियो ।

    जसकारण बचतकर्ताले आफ्नो निक्षेप फिर्ता पाएका छैनन् । यो घटनामा सिआइबीले फितलो अनुसन्धान गरी दुई जनाविरुद्ध मात्र मुद्दा दायर गरेको थियो । सीआईबीले यो अनुसन्धानलाई गोप्य राख्नुले पनि शंका बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार