Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

न्यायाधीश समाजको अध्यक्षमा सपना मल्ल निर्वाचित

काठमाडौं । न्यायाधीश समाजको अध्यक्षमा सपना प्रधान मल्ल निर्वाचित भएकी छिन् । आज भएको साधारणसभाले समाजको अध्यक्षमा सपना प्रधान मल्ललाई निर्वाचित गरेको हो ।

समाजको कार्यसमिति सदस्यहरुको पदावधि दुई वर्षको हुने भएपनि न्याय परिषद्को सदस्य भएपछि समाजको कार्यसमिति छाड्नुपर्ने भएकाले यसअघिका अध्यक्ष ईश्वरप्रसाद खतिवडाले राजीनामा दिएका थिए ।

त्यसपछि भएको साधारणसभाले सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ललाई अध्यक्षमा निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् ।

समाजको महासचिवमा उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवर, सचिवमा जिल्ला न्यायाधीश शिशिरराज ढकाल र कोषाध्यक्षमा उच्च अदालतका पूर्व न्यायाधीश बालेन्द्र रुपाखेती निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077