Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

देउवा र शेखरले गल्ती सच्चाएर संस्थागत प्रक्रियामा फर्किनुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशीमा विश्वासको मत दिएर जानुपर्ने बताएका छन् ।

महामन्त्री शर्माले उनले पार्टी सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइरालाले गल्ती सच्चाएर संस्थागत प्रक्रियाबाटै जानुपर्नेमा जोड दिएका हुन् ।

महामन्त्री शर्माले भने, ‘फेरि पनि सबै जुटेर जानुको अर्को विकल्प छैन । सभापतिको, शेखरको, हामी अन्य पदाधिकारीको या प्रदेश केन्द्रित साथीहरू, जो जसको जे जस्तो कमजोरी र गल्ती छ, त्यसको गहन समीक्षा गर्नु नै छ र फेरि पनि मर्यादित संस्थागत प्रक्रियामा फर्किनुछ ।’

उनले कांग्रेसले विश्वासको मत दिनुपर्ने बताउँदै विद्रोह गरेर बनेका नयाँ मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मतका लागि अग्रिम बधाई दिए।

महामन्त्री शर्माले राजनीतिमा कुनै पनि विषयमा फरक मत, विवाद र द्वन्द्व हुनसक्ने उल्लेख गर्दै समाधान खोजिरहँदा पारदर्शिता र निश्चित मर्यादा जरुरी हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077