Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड भन्छन् - जनताले दुःखमा सम्झिने पहिलो राज्य संयन्त्र नेपाल प्रहरी हो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आम नागरिकले दुःखमा सम्झिने पहिलो राज्य संयन्त्र नेपाल प्रहरी हुने गरेको बताएका छन् ।

मङ्गलबार ६८औँ प्रहरी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन उनले यस्तो बताएका हुन् ।

उनले आम नागरिकका हरेक सरोकार र राज्यका हरेक समस्यामा नेपाल प्रहरीले प्रथम पङ्क्तिमा रहेर ती सरोकार र समस्याको सम्बोधन र समाधान गरेको बताए ।

उनले भने ‘‘आम नागरिकले दुःखमा सम्झिने पहिलो राज्य संयन्त्र नेपाल प्रहरी हुने गरेको छ, यो आफैँमा महत्त्वपूर्ण कुरा हो ।’’

यसैगरी, उहाँले प्रहरी समाजको एउटा यस्तो अङ्ग हो, जो समाज सँगसँगै समयसापेक्ष परिवर्तन हुँदै जान्छ र जानु पर्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077