Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संविधानको कार्यान्वयनमा चिन्ता र चुनौती थपिँदै गयो : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधान कार्यान्वयनका चुनौती अझै समाप्त नभएको बताएका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको प्रशिक्षण विभागले आज भक्तपुरमा आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी सङ्गठनबीचको अन्तरसम्बन्ध एवं वर्तमान राजनीतिक चुनौती र भविष्य विषयक अभिमुखीकरण कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उनले प्राप्त मौलिक हक जोगाउने चुनौती कायमै रहेको बताए ।

“संविधान कार्यान्वयनका चुनौती अझै बाँकी रहेका छन्, त्यसप्रति सजग हुन आवश्यक छ, संविधानले दिएको मौलिक हक जोगाउने चुनौती थपिएको छ, यसमा कांग्रेस जिम्मेवार भएर लाग्नुपर्छ” उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077