Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१८ नेपालीहरू इजरायलबाट नेपालका लागि प्रस्थान, शव दुई/तीन दिनभित्र पठाउने तयारी

काठमाडौं । युद्धग्रस्त इजरायलबाट मंगलबार १८ जना नेपालीहरू नेपालका लागि प्रस्थान गरेका छन् । इजरायलस्थित नेपाली राजदूतावासले मंगलबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

दूतावासका अनुसार फर्किनेहरूमा चार जना विद्यार्थी, १३ जना कामदार र एक जना पर्यटक भिसामा गएकाहरू छन् ।

इजरायलको तेल अभिभस्थित बेन गुरियन इन्टरनेसनल एयरपोर्टबाट स्थानीय समयअनुसार दिउँसो २ः५५ बजे उडेको स्पाइसजेट एयरलाइन्सको उडान नम्बर एसजी ९९९६ बाट उनीहरूलाई तेल अभिभस्थित भारतीय दूतावाससँगको समन्वयमा भारतको नयाँ दिल्लीसम्म र त्यहाँबाट नयाँ दिल्लीस्थित नेपाली दूतावासको सहयोगमा नेपालसम्म पुर्‍याउने गरी व्यवस्था गरिएको छ।

दूतावासले आवश्यकतानुसार अन्यको फिर्तीमा समेत क्रमशः सहजीकरण गर्ने जनाएको छ । यस्तै निधन भएकामध्ये पहिचान भएका शवको कानुनी प्रक्रिया पूरा गरी दुई/तीन दिनभित्र नेपाल पठाउने गरी तयारी भइरहेको बताइएको छ । सम्पर्कबिहीन रहेका विपिन जोशीको खोजी कार्य अझै तीव्र पारिएको दूतावासका दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077