Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप छनोट : उरुग्वेसँग ब्राजिल पराजित, नेयमारको खुट्टामा लाग्यो चोट

एजेन्सी । विश्वकप छनोट खेलमा उरुग्वेसँग ब्राजिल पराजित भएको छ । बुधबार भएको खेलमा उरुग्वेले ब्राजिललाई २–० गोलले पाजित गरेको हो ।

खेलको ४२ औँ मिनेटमा डार्विन नुनेजले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । ब्राजिलका लागि भने खेलमा थप समस्या थपिएको थियो । खुट्टामा चोट लागेपछि टोलीले स्टार खेलाडी नेयमारलाई गुमाउनु परेको थियो ।

दोस्रो हाफमा ब्राजिलले उरुग्वेमाथि दबाब बढायो । रोड्रिगो प्रहार पोस्टमा लागेको थियो भने भिनिसियस जुनियरले गरेको दुईवटा पेनाल्टीको माग विवादास्पदरुपमा अस्वीकार गरिएको थियो । यसैबिच निकोलास डेला क्रुजले अर्को गोल गर्दै उरुग्वेको जीत सुनिश्चित गरे ।

४ खेलपछि समान ७ अङ्क भए पनि उरुग्वे तालिकाको दोस्रो स्थानमा रहेका छ भने ब्राजिल तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077