Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

​झुलाघाट नाका पूर्णरूपमा खुल्यो

बैतडी । बैतडीस्थित भारतसँग सीमा जोडिएको झुलाघाट नाका पूर्णरूपमा खुला भएको छ।

झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुंगे पुल मर्मत कार्य सम्पन्न भइसकेकाले बुधबादेखि पूर्ण रुपमा आवागमन सुचारु भएको हो ।

जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार नाका ​पूर्णरूपमा खुलेसँगै भएसँगै अब बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म आवागमन हुनेछ।

यसअघि पुल मर्मतको कामका लागि बिहान ८ बजेर ४५ मिनेटदेखि दिउँसो १ बजेर १५ मिनेटसम्म र दिउँसो २ बजेर १५ मिनेटदेखि दिउँसो ४ बजेर १५ मिनेटसम्म पुलमा आवागमन बन्द हुने गरेको थियो ।

नाका पूर्णरूपमा खुलेसँगै दशैँको समयमा बैतडीका शक्तिपीठमा दर्शनका लागि आउने भारतीय दर्शनार्थीलाई समेत सहज भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077