Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इजरायलबाट भारतले उद्धार गरेका ७ जना नेपाली महेन्द्रनगर आइपुगे

कञ्चनपुर । द्वन्द्वग्रस्त इजरायलबाट उद्धारमार्फत दिल्ली आएका नेपालीहरू बुधबार बिहान महेन्द्रनगर आइपुगेका छन् ।

दिल्लीस्थित नेपाली दूतावासले उनीहरूलाई सवारी साधनको व्यवस्थासहित घर पठाएको हो । दिल्ली आएका १८ मध्ये ७ जना गड्डाचौकी नाका हुँदै महेन्द्रनगर आएका हुन् ।

बुधबार महेन्द्रनगर आइपुग्नेमा कैलाली टीकापुरका नन्दसिंह पुन, नुवाकोट लिखुका राजकुमार मानन्धर, काठमाडौंका लक्ष्मी दुलाल, मोरङ उर्लाबारीका निश्चल सिंह, पाल्पाकी दिलकुमारी अधिकारी, ललितपुरकी ममता थापा र स्याङ्जाकी अस्मिता गुरुङ रहेका छन् ।

अन्य दिल्लीबाट जहाजमार्फत काठमाडौं हुदै आ–आफ्ना घर फर्किनेछन् । इजरायलमा पालेस्टाइनी विद्रोही समूह हमासले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १८ जनालाई आफ्ना नागरिकसँगै भारतले मंगलवार उद्धार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077