Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रहरी दिवसमा विश्व कीर्तिमानधारी क्रिकेटर दीपेन्द्रसहितका खेलाडीलाई सम्मान

    प्रहरी दिवसमा विश्व कीर्तिमानधारी क्रिकेटर दीपेन्द्रसहितका खेलाडीलाई सम्मान

    अनलाइन नेपाल
  • बुधबार, १ कार्तिक २०८०
  • 1K
    SHARES

    काठमाडौं । एसियाली खेलकुदमा नेपालका लागि पदक जितेका एरिका गुरुङ, नितु गुरुङ, मानमती विष्ट र अर्पणा चौधरीसहित विश्व कीर्तिमानधारी क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई सम्मान गरिएको छ ।

    ६८ औं प्रहरी दिवसको अवसरमा मंगलबार प्रहरी प्रधान कार्यालय नक्शालमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई सम्मान गरेका हुन् ।



    करातेकी १९ वर्षीया एरिकाले रजत पदक जितेकी थिइन् । सन् १९९८ मा बैंकक एसियाडयता नेपाली खेलाडीले एकलतर्फ एसियाली खेलकुदमा रजत पदक जितेको यो पहिलो अवसर थियो ।



    नितु, मानमती र अर्पणा कांस्य पदक विजेता नेपाली कबड्डी टोलीका सदस्य हुन् । दीपेन्द्रले मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएका थिए । जसमा उनले लगातार ६ छक्का पनि प्रहार गरेका थिए । प्रहरीले एरिका र दीपेन्द्रलाई जनही १ लाख ५१ हजार तथा नितु, मानमती र अर्पणालाई जनही ५१ हजार रुपैयाँ प्रदान गरेर सम्मान गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार उनीहरूलाई ताम्रपत्र र नगदसहित सम्मान गरेका थिए ।

    एरिका प्रहरीमा आबद्ध खेलाडी हुन् भने नितु, मानमती र अर्पणा सहायक हबलदारका रूपमा कार्यरत छन् । एसियाली खेलकुदमा विश्व कीर्तिमानी ब्याटिङ गरेका दीपेन्द्रलाई चीनबाट आएलगत्तै सहायक हबलदारमा बढुवा गरिएको थियो ।

    दीपेन्द्र नेपाल पुलिस क्लब क्रिकेट टोलीका कप्तान पनि हुन् । यस्तै ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट अवकाश प्राप्त प्रहरी निरीक्षक कोमल बहादुर थापासमेत सम्मानित भए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार