Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रदेशमा हुने कामको सबै मिलेर निगरानी गर्नुपर्छ : मुख्यमन्त्री कार्की

काठमाडौं । मुख्यमन्त्री केदार कार्कीले आज प्रदेश सभा बैठकमा विश्वासको मत मागेका छन् । त्यस क्रममा उनले कोशी प्रदेशमा स्थिर र गतिशील सरकारको खाँचो पूरा भएको बताए । विश्वासको मत माग्दै उनले राजनीतिक परिस्थितिका कारण मुख्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेको पनि बताए।

मत माग्दै उनले भने–‘सरकार गठनको अन्तिम विकल्प, संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री तथा सरकार गठनको अप्ठ्यारो अवस्थाको सामनाका लागि प्रदेश सभा सदस्यले देखाउनुभएको सदासयताप्रति आभार प्रकट गर्छु। यो राजनीतिक परिस्थितिले अहिलेको जिम्मेवारी मलाई प्राप्त हुन गएको छ।

यो जिम्मेवारीमात्र नभई प्रदेशको समग्र विकार र आर्थिक रूपान्तरणको दायित्व पनि हो।त्यसका लागि प्रदेशमा स्थिर गतिशील सरकारको खाँचो अहिले पूरा भएको छ। अब हामी सबै मिलेर आम प्रदेशबासीसँग गरेर आएका वाचा पूरा गर्न सक्ने अवस्था निर्माण भएको छ ।’

शून्य सहनशीलताका साथै सुशासन कायम गर्दै प्रभावकारी सेवा प्रवाह र संघीयताको औचित्य पुष्टि गर्न लाग्नै पर्ने बेला आइसकेको बताउँदै उनले प्रदेशमा हुने कामको सबै मिलेर निगरानी गर्नुपर्ने उनले बताए।

संविधानको धारा १६८ (४) अनुसार कार्कीले विश्वासको मत लिन लागेका हुन्। संविधानअनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। कार्कीलाई नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीले विश्वासको मत दिने बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले विश्वासको मत नदिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077