Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

सशस्त्र प्रहरीको पेट्रोल पम्प सिल, बेचेको थियो कम परिमाणमा पेट्रोल !

काठमाडौं । मूल्यभन्दा कम परिमाणमा पेट्रोल बेचेको पाइएपछि सशस्त्र प्रहरीको हल्चोकस्थित पेट्रोल पम्प सिल गरिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि पेट्रोल पम्पहरूको अनुगमनमा गएको रेपिड रेस्पोन्स टिमको टोलीले हलचोक फ्युल सेन्टर पम्प सिल गरेको हो ।

अनुगमन टोलीमा प्रधानमन्त्री प्रचण्डको सचिवालय तथा प्रधानमन्त्री कार्यालय, गुणस्तर तथा नापतौल विभाग, नेपाल आयल निगम, राष्ट्रिय सतर्कता केन्द्रलगायतका निकायका उच्चपदस्थ कर्मचारीको सहभागिता छ ।

यस्तै कलंकीको श्यामा पेट्रोल पम्प पनि सिल गरिएको छ । सो पम्पले पनि बिक्री गरेको मूल्य भन्दा कम परिमाणमा उपभोक्तलाई पेट्रोल बिक्री गरेको अनुगमन टोलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077