Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्तो छ सरकारी कर्मचारीलाई इन्धन दिने नयाँ निर्देशिका [निर्देशिकासहित]

काठमाडौं । सरकारले कर्मचारीहरुलाई इन्धन सुविधा दिनका लागि नयाँ निर्देशिका जारी गरेको छ ।

अर्थ मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार विशिष्ट श्रेणीका कर्मचारीलाई बिल बिना मासिक १२५ लिटर र प्रथम श्रेणीका कर्मचारीले मासिक एक सय लिटर इन्धन पाउने भएका हुन् ।

यस्तै, कर्मचारीहरुले तीन महिनामा मोबिल र ब्रेक ओईल लगायतको सुबिधा पनि पाउने छन् । निर्देशिकामा इन्धनको सुविधा मासिक रुपमा र मोबिल तथा ब्रेक ओइलको रकम त्रैमासिक रुपमा दिने उल्लेख गरिएको छ ।

विद्युतीय साधन प्रयोग गर्ने कर्मचारीलाई समेत इन्धन सुविधा आधा दिइने छ । उनीहरूलाई इन्धनको आधा सुविधा दिइने व्यवस्था छ ।

यस्तो छ नयाँ निर्देशिका :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077